काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ९० जनामा गरिएको परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएकाले अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३ सय ८५ जना रहेका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप १ लाख ८२ हजार ९ सय ८९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असार ३२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्