JanataToday.com

Advertisment

SKIP THIS

स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार (आज) घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै छ। नामिबियासँग  दुबै खेल हारेको नेपालले स्कटल्यान्डलाई भने पहिलो खेलमा जित निकाल्दै २ अंक हात पारेको थियो।

 

 

स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५  मा सुरु हुने छ। प्रतियोगितामा नेपाल घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्यको प्रयासमा हुने स्कटल्याण्डविरुद्ध लगातार दोस्रो जित निकाल्न सके अंक तालिकामा नेपालले केहि सुधार गर्ने छ।

पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारपछि स्वभाविक रुपमा सचेत भएर मैदानमा उत्रिने छ। स्कटल्यान्ड पहिलो खेलमा भोगेको हारपछि संयमित भएर मैदानमा उत्रिंदै जित निकाल्ने लक्ष्यमा रहने छ।

सिरिज अन्तर्गत नेपाल नामिबियासँग भने दुबै खेलमा हार भोग्न बाध्य भयो। पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले नेपाल पराजित हुन पुगेको थियो। नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ।

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको  छ।  नेपालले १९ खेलमा १७ अंक जोडेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ। स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ।

प्रकाशित मिति : आइतबार, साउन १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij