JanataToday.com

Advertisment

SKIP THIS

कार्यालयमा स्तनपान कक्ष स्थापना

कार्यालयमा स्तनपान कक्ष स्थापना

सल्यान । सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ ।

जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो ।

कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आइतबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ ।

जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय सल्यानका कार्यालय प्रमुख धीरेन्द्रबहादुर बुढाथोकीले बताए ।

कक्षमा एकैपटक तीन जना महिलाले स्तनपान गराउन सक्नेछन् ।

यसैबीच जिल्ला हुलाक कार्यालय सल्यान र कुमारी बैंक शाखा सल्यानको सहकार्यमा ६७ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

स्तनपान तथा शिुश स्याहार केन्द्र उद्घाटनमा उपस्थित भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । रासस

प्रकाशित मिति : सोमबार, पुष २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij