काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान सहभागी हुँदैछन् ।
नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको साफमा फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
प्रकाशित मिति : आइतबार, साउन ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्