‘मङ्कीपक्स’ काे उपचारमा ‘स्मलपक्स’ काे खाेप लगाउन अनुमति

‘मङ्कीपक्स’ काे उपचारमा ‘स्मलपक्स’ काे खाेप लगाउन अनुमति

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ ।

डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । युरोपेली आयोगका औषधि विज्ञहरूले अनुसन्धान गरेपछि यो निर्णय भएको खबरमा उल्लेख छ । यो खोप युरोपेली युनियनका सदस्य देश, आइसन्ल्याड र नर्वेमा मात्रै प्रयोगको अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई लिएर विश्वव्यापी आपत्काल घोषणा गरिसकेको छ । ७२ देशका १६ हजार जनामा यो सङ्क्रमण फैलिइसकेको छ । स्मलपक्सले सन् १९७० को दशकमा युरोपमा ठूलो क्षति गरेको थियो । सन् १९८० मा भने यो सङ्क्रमणको अन्त्य भएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij