कोरोनाका कारण थप २ जनाको मृत्यु, थप ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि

कोरोनाका कारण थप २ जनाको मृत्यु, थप ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ ।

कोरोना सङ्क्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही समय सङ्क्रमणका कारण ज्यान जाने क्रम रोकिए पनि पछिल्ला केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या थपिने क्रम बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार नौ सय ५९ जनाको ज्यान गएको छ ।

यस्तै २४ घण्टामा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यही अवधिमा थप दुई सय १८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार सात सय १४ जना पुगेको छ ।

थप दुई लाख ५७ हजार ८ सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij