बुटवलमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो

बुटवलमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो

बुटवल

बुटवलको सेमलारमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

नेदरल्याण्ड सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो ।

 

जसका लागि जग्गा प्राप्तिको लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सहमति जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय भैरहवामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपदका लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकोले सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

 

स्थानीयको सहमतिपश्चात् बुटवल उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव लगेको थियो ।

 

विपद् व्यवस्थापन समितिले बुटवल उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन कुनै बाधा नदेखिएको भन्दै सिफारिश गरेपछि बुटवल उपमहानगरपालिकाले भूमिसुधार मन्त्रालयमा जग्गा प्राप्तिको लागि प्रस्ताव लग्न बाटो खुलेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

 

नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज संकलन, प्रशोधन, बिक्री वितरण र भण्डारण हुनेछ ।

 

नेपाल सरकारले नेदरल्याण्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो ।सो बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।

 

 

प्रकाशित मिति : बुधबार, साउन २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij