बुटवल । सुदन केसीको निर्देशन रहेको सिनेमा दाल भात तरकारीको छायाकंन सकिएको छ ।
मंसिर १ गते देखि छायाकंन शुरु भएको यस सिनेमाको ५१ औँ दिनमा प्याकअप गरिएको हो ।
सिनेमाको छायाकंन सकिएको भन्दै सिनेमाका निर्माता किरण केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सिनेमाको छायाकंन सकिएसँगै सिनेमाका प्रस्तुतकर्ता किरण केसीले सिनेमाका कलाकार, प्राविधिक, प्रहरी, पत्रकार लगायत सिनेमाको छायाकंनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
महसञ्चारको ब्यानरमा निर्माण भएको यो सिनेमा २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ ।
यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीले निर्माण गरेका हुन् ।
सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्