बुटवल । एमजी (मेरो गाउंले) क्लब बुटवलले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको छ ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा क्लबका पदाधिकारी र अन्य गरी ४३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल मगर संघ रुपन्देही अध्यक्ष गीता सारु, मगर विद्यार्थी संघ केन्द्रीय सचिव तेजु राना, मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष दीपक दर्लामी,फूलबारी गाइज क्लबका अध्यक्ष शिव राना लगायतले रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा भएको धारणा राख्दै क्लबले गरेका सामाजिक कामको सराहना गरेका थिए ।
क्लबका अध्यक्ष तुलजी सारु मगरको अध्यक्षता,निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक बसन्त थापाको स्वागत र वरिष्ठ उपाध्यक्ष श्रीधर अर्गालीको संचालनमा कार्यक्रम भएको थियो ।
क्लबले ट्राफिक जनचेतनामूलक, लोक संस्कृति जगेर्ना, आर्थिक सहयोग लगायतका सामाजिक काम गर्दै आएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्