JanataToday.com

Advertisment

SKIP THIS

समर लभमा अभिनेत्री रेवतीको ‘न्युड सिन’ (भिडियोसहित)

समर लभमा अभिनेत्री रेवतीको ‘न्युड सिन’ (भिडियोसहित)

काठमाडौं। सुविन भट्टराईको उपन्यास ‘समर लभ’लाई २५ माघबाट फिल्मी पर्दामा हेर्न पाइने भएको छ । उपन्यासकी मुख्य पात्र सायाको भूमिका भारतीय मोडल एवं अभिनेत्री रेवती क्षत्रीले निर्वाह गरेकी छन् ।

उपन्यासको एउटा दृश्यमा साया निर्वस्त्र भएको उल्लेख छ । त्यो दृश्यलाई अभिनेत्री रेवतीले सहजै रूपमा फिल्ममा निर्वाह गरेकी छन् । फिल्म समर लभको गीत हालै रिलिज गरिएको थियो । सो गीतको एउटा दृश्यमा रेवतीलाई सायाका रूपमा निर्वस्त्र देखाइएको छ । केही समययता यस दृश्यले निकै चर्चा पाएको छ ।

भारतको सिलगुढीमा बस्दै आएकी नेपाली भाषी रेवती क्षत्री सोमबार काठमाडौंमा आयोजित समर लभको ट्रेलर रिलिज समारोहमा प्रस्तुत भइन् । उनी यो फिल्मको स्वरांकनलगायतको काम सम्पन्न गर्न नेपाल आएकी हुन् ।

फिल्ममा यसरी पूर्ण नग्न दृश्य दिनुको कारणबारे सञ्चारकर्मीसँगको जिज्ञासामा सोमबार ट्रेलर रिलिज समारोहमा भनिन्, ‘बाथरुममा नुहाउँदा मानिसहरू कपडा लगाएर नुहाउँदैनन् । त्यो पनि मैले नुहाएको दृश्य भएकाले यहाँहरूले कपडा नलगाएको देख्नु स्वाभाविकै हो ।’

महिलाहरूले यस्तो दृश्य दिँदा टीकाटिप्पणी गर्ने तर समाजले पुरुषले छाती खोलेर हिँड्दा कुनै टिप्पणी नगर्ने बताइन् । ‘पुरुषहरू नाङ्गिँदा केही नभन्ने तर महिलाले फिल्मको कथाअनुसार यस्तो दृश्य दिँदा किन आपत्ति जनाउनुप¥यो,’ उनले् भनिन् ।

फिल्ममा प्रस्ताव आएपछि समर लभलाई युट्युबमा सुनेको र त्यो सुन्ने क्रममा नै कथामा भएको यस्तो दृश्य आफूले दिन सक्छु भनेर तयारी गरेको पनि उनले बताइन् ।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij