काठमाण्डाै – रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ।
स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गर्न सफल भएको छ ।
वर्षमा दुईपटक अनुगमन मूल्याङ्कन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाण्डौ र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो ।
लुम्बिनी अस्पतालमा रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, प्युठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्छन् । अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ३ लाख ४ हजार ७ सय २५ जनाले उपचार सेवा लिएका छन् ।
प्रकाशित मिति : शनिबार, भाद्र २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्