काठमाण्डाै – पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ३० जना पुगेको छ । हिजो र आज गरी ४ लाख ८० हजार ८ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्