भोजपुर । भोजपुरमा छ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाकाे षडानन्द नगरपालिका–१० सामपाङमा ६ की वर्षीया बालिका करणी गरेको परिवारको आरोप छ ।
पक्राउ पर्नेमा स्थानीय १६ वर्षीय जेम्स रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवे लिम्बुले जानकारी दिएका छन् ।
बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।
बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार लिम्बुले जानकारी दिए ।
आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए ।
दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्