JanataToday.com

Advertisment

SKIP THIS

आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देहीमा

आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देहीमा

बुटवल
बुटवल उपमहानगरपालिकाको विशेष निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आएका छन् ।

अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहेका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताए ।
आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताए ।

सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. विनोद पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

करीब ७ वर्षपछि बुटवल आएका अध्यक्ष सुगानामी सोमबार लुम्बिनीमा रहने, मंगलबार लुम्बिनी भ्रमण गर्ने र मंगलबार नै बुटवल उपमहानगरपालिकासँग छलफल गर्ने कार्यक्रम रहेको आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले जानकारी दिए ।

टोलीले बुटवल उद्योग वाणिज्य संघ, आम्दा अस्पतालको अवलोकन गर्ने र छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : सोमबार, असोज १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij