सन् २०१८ मा करीब १२ लाख पर्यटकले घुमे नेपाल, नेपाल घुम्ने चिनियाँको संख्या बढ्दो

सन् २०१८ मा करीब १२ लाख पर्यटकले घुमे नेपाल, नेपाल घुम्ने चिनियाँको संख्या बढ्दो

काठमाडौ । नेपाल घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा २४.७७ प्रतिशतले वृद्धि भएको छ। सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सन् २०१७ मा नेपाल घुम्न आएका पर्यटकको संख्या ९ लाख ४० हजार थियो। यस वर्ष ९ लाख ६९ हजार २८७ पर्यटक हवाई र २ लाख ३ हजार ७८५ जना स्थलमार्गबाट नेपाल भित्रिएका थिए।

भारतीय पर्यटकको संख्या २५.१ प्रतिशतले वृद्धि हुँदा चिनियाँ नागरिक ४६.८ प्रतिशतले बढेका छन्। गत वर्ष २ लाख ४३८ भारतीय र १ लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल आएका थिए।

सन् २०१८ मा श्रीलंकाली पर्यटकको वृद्धिदर ५५.७ प्रतिशत पुग्दा समग्र सार्क मुलुकहरूबाट नेपाल आउने विदेशीको संख्या २६.६ प्रतिशतले बढेको छ।

गत वर्ष भारतसहित सार्क मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या ३ लाख १ हजार ९६३ थियो।

नेपालमा यस वर्ष युरोपेली देशबाट आउने पर्यटकको संख्या २३.३ प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार २८२ पुगेको छ।

यस्तै, अमेरिकी पर्यटक १६ प्रतिशतले वृद्धि भई ९१ हजार पुग्दा अष्ट्रेलियाली पर्यटक १५.१ प्रतिशतले बढेर ३४ हजार ४०८ पुगेका छन्।

पर्यटकको संख्यामा भएको वृद्धिले नेपाल भ्रमण वर्ष २०२० मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सहयोग पुग्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij