थप १० जनामा काेराेना संक्रमण

थप १० जनामा काेराेना संक्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ सय ७८ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७६ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ३२ जनामा झरेको छ । यस्तै थप नौ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच गएको साउनपछि नेपालमा ३१ हजार एक सय तीन जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये ४१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असोज १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij