पाल्ला हुगिबाट मनकामना जाँदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु ,३० घाइते

पाल्ला हुगिबाट मनकामना जाँदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु ,३० घाइते

कावासोती – पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।

३५ तीर्थयात्री सवार ना६ख ७५८० नम्बरको सो बस आज बिहान नवलपरासीपूर्वको बुलिङटार गाउँपालिका–२, मथारमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । घटनास्थलमै पाँचजनाको मृत्युु भएको र ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९, बेलचौरकी फूलमाया माझी छन् ।

दुर्घटनामा घाइते हुनेमा बसका चालक पाल्पाको रामपुर नगरपालिका–३, गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, सहचालक रामपुर–४, बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा–१ का अंकित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् ।

यस्तै, स्याङ्जाको  बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पाको झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आशिष सुनार, विजय विक, माया विक, स्याङ्जाको गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा–१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक घाइते रहेका प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij