काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बुधवार भएकाे खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हरायो । बाग्मतीले दिएको एक सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटायो । उसका लागि देव खनालले नटआउट ७७ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरको बाग्मतीका लागि ज्ञानेन्द्र मल्लले ३३ र दुर्गेश थापाले ३२ रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेनले चार विकेट लिए ।
समूह ‘बी’ मा एक खेल खेलेको लुम्बिनी दुई अङ्कसहित दोस्रो स्थानमा छ । तीन वटै खेल हारेको बाग्मती पुछारमा छ ।
अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले हरायो । गण्डकीले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । उसका लागि हिमांशु शाहीले ६९ र रवीन्द्र शाहीले ४२ रन बनाए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारी र चन्द्र पौडेलले तीन/तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि अभिषेक बस्नेतले ५१, अर्जुन कुमालले ४९ र विधान श्रेष्ठले ४६ रन बनाए ।
लगातार दोस्रो जितसहित गण्डकी समूह ‘ए’ को दोस्रो स्थानमा पुगेको छ । कर्णाली तेस्रो स्थानमा छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्