मुम्बई – भारतका प्रख्यात क्रिकेटर कपिलदेवको बायोपिक फिल्म ‘८३’मा नवविवाहित बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहले अभिनय गर्ने भएका छन्। फिल्ममा रणवीरले कपिलदेवको भूमिका निभाउनेछन्।
समाचारअनुसार फिल्ममा दीपिका रणवीरको श्रीमतिको भूमिकामा देखिनेछिन्। कबिर खानले निर्देशन गर्ने फिल्ममा दीपिका रोमी भाटियाको भूमिकामा हुनेछिन्। फिल्मका निर्देशक कबीर चाँडै नै दीपिकाका साथ छलफल गर्ने तयारीमा छन्।
गत नोभेम्बर १४ र १५ मा रणवीर–दीपिकाले इटालीमा विवाह गरेका थिए। ६ वर्षदेखि डेट गरिरहेको यो जोडी हालै मात्र हनिमुन मनाएर मुम्बई फर्किएको छ। रणवीर अभिनित फिल्म ‘सिम्बा’ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। उनको रिलिज हुन लागेको नयाँ फिल्म ‘गली ब्वाइ’को पोष्टरले पनि अहिले राम्रै चर्चा पाइरहेको छ। दीपिका एसिड पीडित लक्ष्मी माथि बनिरहेको फिल्ममा शीर्ष भूमिकामा देखिँदैछिन्।
अनस्क्रिजन र अफस्क्रिनमा हिट जोडीका रूपमा परिचित रणवीर र दीपिकालाई विवाह पछि पुनः एकसाथ पर्दामा हेर्न चाहने दर्शकका लागि यो बायोपिक फिल्म उपहार साबित हुने फिल्मकर्मीको बुझाई छ।
प्रकाशित मिति : बिहिबार, पुष २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्