बुटवल – रुपन्देहीको देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमबार विहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् । घर भित्र चुकुल लागेको अवस्थामा उनिहरुको सव फेला परेको हो । वैदेशिक रोजगारबाट छुट्टिमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरि आँफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।
प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्