बुटवल । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग ‘बीपीएल’ क्रिकेट लिगको तेस्रो खेलमा आज प्रतिस्पर्धा गर्दैछ ।
सिक्सर्स र ढाका डाइनामिकको खेल नेपाली समय अनुसार साँझ ६ बजे हुनेछ ।
ढाकाविरुद्धको खेलमा सिक्सर्स लगातार दोस्रो जितको खोजीमा छ ।
यसअघिका दुई खेलमध्ये पहिलोमा पराजित भएको सिक्सर्सले दोस्रोमा जीत निकालेको थियो ।
लिगमा सिक्सर्स २ अंकसाथ पाँचौ स्थानमा र ढाका ६ अंक जोडेर शीर्ष स्थानमा छ ।
सन्दीपले बीपीएलको डेब्यु खेलमा चार ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका थिए ।
दोस्रो खेलमा भने सन्दीप विकेट विहिन बने । दोस्रो खेलमा चार ओभर बलिङ गरेका उनले २१ रन खर्चेका थिए ।
सिलेटको दुवै खेलमा पहिलो ११ मा परेका सन्दीप तेस्रो खेलमा पनि पहिलो ११ मा पर्ने सम्भावना उच्च रहेको छ ।
प्रकाशित मिति : शनिबार, पुष २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्