बाँके . नेपाल प्रहरीको सिपाहीमा भर्नाका लागि सुर्खेतबाट आएका एक युवाको हत्या भएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको शनिबार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीमा भर्ना हुनका लागि ठकुरी केही दिनअघिदेखि कोहलपुरमा रहेको आफन्तको घरमा बस्दै आएका थिए ।
शुक्रबार साँझ घरबाट निस्केका उहाँको शनिबार बिहान शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, पुष २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्