JanataToday.com

Advertisment

SKIP THIS

उपप्राध्यापक पन्थलाई विद्यावारिधि उपाधि

उपप्राध्यापक पन्थलाई विद्यावारिधि उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।

पन्थले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘मोदनाथ प्रश्रितका महाकाव्यमा अलंकार’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । बिश्व बिद्यालयले आजै यसको औपचारिक घोषणा गरेको छ ।

पन्थको शोध निर्देशकमा सह प्राध्यापक डा . लेखप्रसाद निरौला र विशेषज्ञहरुमा प्रा.डा .कपिलदेव लामिछाने र प्रा. केशव सुवेदी थिए । प्रथम श्रेणीमा एमए र एमएड गरी वि सं २०५९ साल देखी प्राध्यापन पेशामा आवद्ध पन्थ शैक्षिक क्षेत्रमा मात्र नभई यस क्षेत्रको सामाजिक बिकास र कला सस्कृतिमा पनि त्यत्तिकै परिचित छन् ।

पन्थले लेखेका झण्डै दुई दर्जन पाठ्य पुस्तक प्रकाशन भएका छन । साहित्यिक क्षेत्रमा पनि निरन्तर कलम चलाउने पन्थको साहित्यिक बिकासका लागि महत्वपुर्ण योगदान रहेको छ ।

रोटरी क्लब अफ बुटवल वर्ष २०१८–१९का अध्यक्ष समेत रहेका पन्थ न्यू होराईजन कलेज र शिसु ज्ञानकुञ्जका संचालक हुन् ।

गुल्मीको छत्रकोट गाउपालिका ३ मा वुवा देवी प्रसाद पन्थ र आमा लक्ष्मीदेवी पन्थको कोखबाट वि सं २०३० सालमा जन्मिएका पन्थ हाल बुटवल उपमहानगरपालिका १० कालिका नगरका वासिन्दा हुन् ।

प्रकाशित मिति : आइतबार, पुष २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij