काठमाडौं । बहुचर्चित चिकित्सा शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन आज संसदमा पेश भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ पेश गरेकी हुन् ।
प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने लगायतका विषय समेटिएका छन् ।
प्रतिपक्षी कांग्रेसले भने विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको छ ।
समितिको प्रतिवेदनमाथि असहमति जनाउँदै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले इलाममा १६ औं चरणको अनसन जारी राखेका छन् ।
प्रकाशित मिति : आइतबार, पुष २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्