JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा सहकारीद्धारा रक्तदान कायक्रम सम्पन्न , ५२ युनिट रगत संकलन

तिलोत्तमा सहकारीद्धारा रक्तदान कायक्रम सम्पन्न , ५२ युनिट रगत संकलन

बुटवल

तिलोत्तमा सहकारीले आफनो २६ औ साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका २ स्थित सहकारीको आफनै भवनमा सम्पन्न कार्यक्रममा ५२ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गरेर सहकारीले समाजिक उत्तरदायित्व बहनको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनु भयो । सहकारीका सल्लाहकार समेत रहनुभएका नगरप्रमुख खाणले तिलोत्तमा सहकारी चलायमान सहकारी मध्य उत्कृष्ट रहेको र यसले आर्थिक शसक्तिकरणका साथै सदस्यहरुको नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीलाइ प्रविधिमैत्री बनाउँदै आफना सदस्यहरुको आर्थिक सशक्तिकरणकालागि उद्यमशीलता तथा स्वरोजगार सिर्जना हुने गरी कार्ययोजना बनाइ लागु गरीएको बताउनु भयो । पछिल्लो समय सदस्य केन्द्रित सहकारीहरुमा समस्या देखिएपनि सदस्य केन्द्रित सहकारीहरुमा कुनै समस्या नरहेको उल्लेद गर्दै उहाँले तिलोत्तमा सहकारी पनि   सदस्य केन्द्रित सहकारी भएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि तथा सहकारीका सल्लाहकार प्रेमबहादुर भण्डारी, सहकारीका सचिव पार्वती थापा,कायक्रम संयोजक लालबहादुर शाह गुप्ता, सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्नु भएको थियो । करिब ४ हजार शेयर सदस्य रहेको सहकारीको २६ औ साधारण सभा तथा १० औं अधिवेशन शनिबार सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij