बुटवल । लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम चयन भएका छन् ।
विकासका लागि सञ्चार अभियानद्धारा (ईम्मोड नेपाल)द्वारा सञ्चालित लुम्बिनी सामुदायिक टेलिभिजनको १६ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेसनबाट पुनः अध्यक्षमा आलम चयन भएका हुन् ।
यस्तै सञ्चालक समितिको उपाध्यक्षमा सुरज भट्राई, महासचिवमा दिनेश पाण्डे, कोषाध्यक्षमा सुरज पाण्डेय, सचिवमा सरला भण्डारी, सह कोषाध्यक्षमा जीवन प्रसाद अधिकारी चयन हुनुभएको हो । यस्तै विशिष्ठ सदस्यहरुमा माधव नेपाल र प्रेम नाथ पाण्डे चयन भएका छन् ।
खुल्ला सदस्यमा रिता केसी, हरी प्रसाद ढुंगाना, चिरञ्जीवी अधिकारी चयन भएका हुन्। यस्तै लेखा समिति संयोजकमा राम प्रसाद खरेल रहेका छन् भने सदस्यमा झविन्द्र फुल्लेल, सागर बस्याल रहेका छन् ।
प्रकाशित मिति : सोमबार, पुष ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्