काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् ।
घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले यस विस्फोटमा भएको हतहताको पुष्टि गरेका छन् ।
काबुलमा सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ– उनले बताएका छन् ।
विस्फोटबाट मारिएका ती व्यक्तिहरुमा तीन जना सैनिक र एक सर्वसाधारण रहेका छन् । सो विस्फोटमा परी २३ जना बालबालिकासहित ९० जना घाइते भएका छन् ।
घाइते भएकामा १२ महिला जना महिला पनि रहेका बताइएको छ । घाइते भएकामा पनि प्रायः सबैजना सार्वसाधारण नागारिक नै रहेका उक्त समाचारमा जनाइएको छ ।
सोमबार भएको यस विस्फोटको करिब एक घण्टापछि दानिसले गर्नुभएको ट्वीटमा यो जानकारी दिएका हुन् ।
यस घटनामा संलग्नताको आशंकामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको दानिसले बताउनु भएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
तर पनि यसअघिका यस्तै क्रमणहरुमा तालिबान र इस्लामिक स्ट्टेस जस्ता लडाकू समूहको हात रहदै आएकोले यस आक्रमणमा पनि तिनै समूहको हात भएको प्रहरीको अनुमान रहेको छ ।
आक्रमणको जिम्मेवारी तालिबानले लियो
यसैबीच प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ ।
काबुलका सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका छन् ।
स्थानीय समयानुसार सोमबार साँझ ७ बजे शक्तिशाली विस्फोटक पदार्थ विस्फोट गराई ती व्यक्तिको हत्या गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, माघ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्