स्व. निर्मला पन्तको घटनामा बनेको चलचित्र कोपिला’को छायाङ्कन सकियो

स्व. निर्मला पन्तको घटनामा बनेको चलचित्र कोपिला’को छायाङ्कन सकियो

बुटवल । चलचित्र ‘कोपिला’को इन्डक्ल्याप गरिएको छ ।

शुरु भएको करिब एक महिनामा चलचित्रको छायाङ्कन सकिएको हो ।

बलत्कार र हत्यापछि सृजित सामाजिक स्थिति र हालसम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रणलाई चलचित्रमा समेटिएको ‘कोपिला’का लेखक तथा निर्देशक शिवम अधिकारीले बताए ।

बलात्कारपछि हत्या गरिएकी स्व. निर्मला पन्तको घटनालाई समेटेर चलचित्रको कथा बुनिएको छ ।

चलचित्रमा निर्मलाको भूमिकामा संजीवनी खरेललाई देख्न सकिन्छ ।

संजीवनी संगै ‘कोपिला’मा सरिता गिरी, गणेश गिरी, सुशान्त श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रलाई पत्रकार मणिराज गौतम र चितवनका युवा व्यवसायी करुणकर घिमिरले निर्माण गरेका हुन् ।

गणेश गिरिको प्रस्तुती रहेको ‘कोपिला’मा सुबासराज काफ्ले कार्यकारी निर्माताका रुपमा छन् भने समिर मिया, रामेश्वर कार्की र मेनुका ढुंगाना सह–निर्माता हुन् ।

रामेश्वर कार्कीले खिच्ने चलचित्रलाई समिर मियाले सम्पादन गर्दैछन् ।

प्रकाशित मिति : मंगलबार, माघ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij