JanataToday.com

Advertisment

SKIP THIS

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

 

तिलोत्तमा – रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि वढाउने प्रस्ताव पारित गरेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको हो ।

अघिल्ला वर्षहरुमै सञ्चालनमा ल्याउने तयारी भएपनि कोभिड–१९, आर्थिक अभाव, अन्य ब्यवस्थापनमा भएको कमीले मिलन केन्द्र सञ्चालनमा आउन नसकेको हो ।

श्रृङ्गेश्वर धामको साधारण सभाले धाम परिषरमा रहेको पशुपति सदन माथि आकर्षक सभाहल निर्माण गर्ने, पार्किङ्ग स्थलको ब्यवस्थापन, हरियाली प्रवद्र्धन, वोरिङ्ग जडान, धामको मूल गेट अगाडीको सडक कालोपत्रे गर्नका लागि स्थानीय नगरपालिकासंग समन्वय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा धामको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै धामका अध्यक्ष ऋmषि भण्डारीले धामको आजीवन सदस्यता विस्तार कार्यलाई निरन्तरता दिने, धाम परिषरमा निर्मित विभिन्न मन्दिरहरुमा नित्य पूजाका अतिरिक्त श्रावण महिनामा जलार्पण, महाशिवरात्रीमा शिवरुद्राभिषेक, शतचण्डी, रुद्री, श्रीकृष्ण जन्माष्टमीलगायत विशेष धार्मिक महत्वका दिनमा विशेष पूजाआजालाई निरन्तरता दिइने वताउनु भयो ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना र अगुवाईमा स्थापित पवित्र श्रीङ्गेश्वर धाम २०७३ सालमा विधिवतरुपमा दर्ता भई सञ्चालनमा आएको संस्था हो । धाम अन्तर्गत आर्थिक संकलन, पूजा ब्यवस्थापन, हरियाली प्रवद्र्धन, निर्माण तथा मर्मत, भजन तथा साँस्कृतिक, अनुगमन, प्रचार प्रसार, संघसंस्था समन्वय लगायतका उपसमिति गठन गरी कामहरु हुंदै आएको छ ।

धाम परिषरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्र संग सहकार्य गर्दै खेम ओमी कल्याणकारी प्रतिष्ठानले आनन्द भवन ( ज्येष्ठ नागरिक मिलन केन्द)को तेश्रो तल्ला माथि प्रतिष्ठानको आफ्नै लागतमा चौथा तल्ला थप गरी असहाय गरिव तथा जेहेन्दार छात्रालाई छोरी शिक्षाको नामवाट निशुल्क छात्रावास सञ्चालनका लागि निर्माणको काम भैरहेको छ । तल थप गर्दा र छात्रावास सञ्चालन गर्दा लाग्ने सम्पुर्ण खर्च प्रतिष्ठनले नै ब्यहोर्ने र धाम तथा मिलन केन्द्रलाई कुनै आर्थिक ब्ययभार नपर्ने सहमति भएको धामका अध्यक्ष भण्डारीले् वताउनु भयो ।

साधारण सभामा गुल्मेली सम्पर्क समाजका संस्थापक अध्यक्ष ई. हिरा बहादुर भलामीले श्रँृङ्गे ऋषिको नामबाट स्थापित धाम पवित्र धार्मिक तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्थापित भएको बताउनु भयो । धाममा प्रवेश गरेपछि सत्कर्म र सत्मार्गमा लाग्न उर्जा मिल्ने भन्दै उहांले खराव चिन्तनको विकास नहुने वताउनु भयो ।

धामका सल्लाहाकार तथा पूर्व प्रशासक टिकाराम घिमिरेले धाम परिषर भित्र भौतिक पूर्वाधारका काम करिव करिव सम्पन्न भएकाले यसको दीगो ब्यवस्थापन र दीर्घकालिन संचालनको पाटो चुनौतिका रुपमा रहेपनि दाताहरुको सहयोगले सवै सहज हुने वताउनु भयो । ज्येष्ठ नागरिक मिलन केन्द्रका संस्थापक अध्यक्ष स्वर्गीय खेम पुनको अभाव सदा खट्किरहने भन्दै उहांले मिलन केन्द्र सञ्चालनमा आएपछि पुनको सपना साकार हुने उल्लेख गर्नुभयो ।

साधारण सभामा धामका केषाध्यक्ष गणेश न्यौपानेले धाममा अहिले सम्म १६ लाख ८० हजार ५५१ रुपैयाँ आम्दानी, १३ लाख ३ हजार २५ रुपैयाँ खर्च भई ३ लाख ७७ हजार ३२५ रुपैयाँ वचत भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षता, उपाध्यक्ष जे पी कँडेलको स्वागत र सचिव केशवराज पोख्रेलको सञ्चालनमा भएको साधारण सभामा धामका आजीवन सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij