काठमाण्डाै – नेपाली चलचित्र ‘सय कडा दश’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश‘पिरतीको गाउँ’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
उक्त गीतमा स्वप्न सुमन र त्रिशाला गुरुङको स्वर रहेको छ । गीतको शब्द रवि मल्लले लेखेका हुन् भने संगीत कल्याण सिंहले गरेका हुन् ।
चलचित्रको उक्तगीतको भिडियो लाई दिलिप ओखेडाले कोरियोग्राफी गरेकाहुन् ।
यो गीतमा चलचित्रका मुख्य ३ कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेलाई फिचरिङ गरिएको छ ।
रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सन्जिव न्यौपानेले मिलेर बनाएका हुन् ।
चलचित्रमा राजाराम पौडेल तथा मनोज गजुरेलको मुख्य भूमिका छ । चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।
प्रकाशित मिति : बुधबार, माघ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्