बुटवल
बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लव बिजयी भएको छ । शनिबारदेखी शुरु भएको गोल्डकमा हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो । यो जित संगै थ्री स्टार समेमिफाईनलमा प्रवेश गरेको छ ।
दोस्रो हापको ३८ मिनेटमा १८ नम्बर जर्सिका खोलाडी दिपेश गुरुङले गरेको गोल नै निणर्यक बनेको थियो । यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम-११ बिजयी भएको छ । खेलमा हिमालयन शेर्पाका १५ नम्बरका जर्सिका खेलाडी दिवस उराउले पहेँलो कार्ड पाएका थिए । ७ मिनेटको ईन्जुरी समयमा पनि कुनै गोल हुन सकेका थिएन ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्