JanataToday.com

Advertisment

SKIP THIS

इसेवा दशौँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार

इसेवा दशौँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ ।

२००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ ।
दशवर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीका अध्यक्ष विश्वास ढकालले भन–‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएका छौँ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले सुरूवात गरेकोमा हामी गौरवान्वित बनेका छौँ ।’

नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थिती रहेको र विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको ढकालको छ ।

आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको भनाई छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij