अनसनरत डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

अनसनरत डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ– आफूसँग सरकारले गरेको सम्झौता विपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि अनशन जारी राख्ने निर्णयमा पुगेका डा. गोविन्द केसीले आफ्नै सम्झौता उल्लंघन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन्।

प्रधानमन्त्री ओलीले आम जनतालाई साक्षी राखेर आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेर ठूलो गल्ती गरेको भन्दै ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्ने माग डा. केसीको छ।

संसदबाट विधेयक पारित भएको केही घण्टा अर्थात शुक्रबार साँझ साढे पाँच बजे अनशनस्थल त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. केसीले त्यस्तो माग गरेका हुन्।

डा. केसीले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएको तथा आफ्नै विगतको निर्णयबाट विचलित उनले तत्काल नैतिकताका आधारमा राजीनामा दिनु पर्ने अवस्था आएको छ।’

प्रधानमन्त्री ओलीको निर्णय क्षमता, उनको स्वास्थ्य अवस्था र उनले लिइरहेको औषधिका कारण प्रभावित भइरहेको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दुर्भाग्यपूर्ण भएको समेत डा. केसीले बताएका छन्।

‘१५ औँ सत्याग्रह टुग्याउने बेला सरकारले बुँदागत सम्झौता गर्‍यो। तर सत्तारुढ दलले जालझेल मात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गरेको सम्झौता प्रतिकूल हुनेगरी विधेयक पारित गर्‍यो। यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय शिक्षा र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा पार्टीसँग साठगाँठ भएका अमुक मेडिकल कलेजलाई प्राथमिकता दिएको पुष्टि भएको छ,’ डा. केसीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij