JanataToday.com

Advertisment

SKIP THIS

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

 

नेपालले पहिलो खेलमा लाओसलाई २(० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २(१ ले पराजित भएको थियो ।

त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २(० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

 

भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन ।

उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij