कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै – कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।  मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि सबैलाई आग्रह गरेको छ ।

नेपालमा हिजो एकै दिन एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij