‘ढाकाराम’ बारे आज निर्णय लिँदै रास्वपा

‘ढाकाराम’ बारे आज निर्णय लिँदै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अडियो प्रकरणका कारण विवादमा आएका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे बिहीबार निर्णय गर्ने भएको छ।

 

 

गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि अनुसन्धान गरेर रास्वपाले सांसद श्रेष्ठबारे निर्णय गर्न लागेको हो।

यसका लागि दिउँसो २ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ। रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे पार्टी सभापति लामिछानेलाई प्रतिवेदनसमेत बुझाइसकेको छ।

प्रारम्भिक बयानमा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिएका छन्। उनले दुर्गा प्रसाईंलाई नचिनेको र उनीसँग फोन संवादसमेत नभएको दाबी गरेका छन्।

आजको बैठकमा सार्वजनिक उक्त अडियो सांसद श्रेष्ठको भए/नभएको र कारबाहीबारे निर्णय गर्ने रास्वपाको तयारी छ। केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गर्ने तयारी गरेको बताइएको छ।

पार्टीले कारबाही गर्ने तयारी गरेपछि सांसद श्रेष्ठले अनुशासन समितिसँगको बयानमा ‘कोर टिम’को खुलासा गर्ने चेतावनी दिएका छन्। प्रसाईँसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको दाबी गरेका थिए।

प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij