JanataToday.com

Advertisment

SKIP THIS

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि बिस्तारै कम हुने

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि बिस्तारै कम हुने

काठमाण्डाै – वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो ।

अब ‘क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज ९ दशमलव ९९ प्रतिशतसम्म मात्रै लिन पाउनेछन् । यसअघि १२ प्रतिशतसम्म ब्याज पाइरहेका निक्षेपकर्ताले अब बढीमा ९ दशमलव ९९ प्रतिशतमात्रै ब्याज पाउनेछन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बचतको ब्याजदर पनि ९ प्रतिशतबाट न्यूनतम साढे ५ प्रतिशतसम्म आएको छ ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको पनि ब्याजदर घट्नेछ । आउँदो असारसम्म बैंकहरूले निक्षेप र कर्जाबीचको अन्तर ४ प्रतिशतमा झार्नुपर्ने हुन्छ । अहिले ऋणीहरूबाट वाणिज्य बैंकहरूले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् । अब कर्जा र निक्षेपबीचको अन्तर ४ प्रतिशतमा झारेमा ऋणीहरूले साँच्चै १४ प्रतिशत ब्याजदरमै ऋण पाउने एक बैंकरले बताएका छन् ।

प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij