आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै, परराष्ट्र मन्त्रीमा कांग्रेसका एनपी साउद

आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै, परराष्ट्र मन्त्रीमा कांग्रेसका एनपी साउद

????????????? ????? ??????????? ?????? ?????????????? ???????? ??????? ?????? ???? ???? ????? ?? ???? ?????? ?????? ????????????? ??? ????? (??????? ???????) ???????? ????? '???????' , ?????? ??????????? ?????? ????????? ?????????? ? ?????? : ????????? ???? / ????

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट एनपी साउदको नाम दिए पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । साउदबाहेक कांग्रेसबाट अरु नाम आएको छैन । अन्य दलबाट पनि मन्त्री बन्नेको नाम आउन बाँकी रहेकाले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आशङ्का छ ।

दलहरुले नाम दिए छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । उपचुनाव पछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । यसअघि सत्तारुढ गठबन्धनमा आउँदो १० गतेको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणको तयारीका कामहरु रोकियो भनेकाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा अहिले ६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा रहेको छ । नेकपा एमालेसँगको सहकार्य टुटेपछि प्रधानमन्त्री प्रचण्डले गएको चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनु भएको थियो ।

विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गठबन्धन दलहरुबीच कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भइसकेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा हिजो सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij