खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी घट्दा पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान उडान अवतरण ठप्प भएको सिमरामा भने अघि बिहान पौने ११ बजेदेखि उडान सुरु भएको छ ।

पोखरा, भरतपुर र सङ्खुवासभाको तुम्लिङटारमा भने अहिले पनि उडान अवतरण हुन सकेको छैन । मौसम सफा भएपछि मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । वायु प्रदूषणका कारण उडान अवतरण प्रभावित भएको हो ।

डढेलो, धुवाँधुलोलगायतका कारण प्रदूषण बढेको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij