आजदेखि उर्जा सम्मेलनः उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारीकरणमा छलफल हुने

आजदेखि उर्जा सम्मेलनः उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारीकरणमा छलफल हुने

काठमाडौं – काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदैछ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको आठौं ऊर्जा सम्मेलनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ।

 

होटल हायतमा हुने सम्मेलन भोलिसम्म चल्ने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले जनाएको छ। सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने इपानका व्यवस्थापक कल्पना श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत ऊर्जा क्षेत्रका सरोकारवाला पनि सहभागी हुने छन्।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको आयोजक इपानले जनाएको छ।

सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभव आदान–प्रदान हुनेछ।

प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij