काठमाण्डाै – एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टायो । नेपाल सात विकेटले विजयी भयाे ।
आजको खेलमा नेपालका गुलसन झाले अविजित सर्वाधिक ६७ रन बनाए । उनले ७५ बलमा अर्धशतक पूरा गरे । त्यस्तै भीम सार्कीले ३६ रन जोडे । रोहन मुस्ताफाले २ तथा आयान खानले १ विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अल आउट भएको थियो ।
हिजो वर्षाका कारण २७ ओभर ३ बलमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज ११ रन जोड्दै यूएई १ सय १७ रनमा अल आउट भयो । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । यूएईका कप्तान मोहम्मद वासिम ११ रनमा क्याच आउट भएका थिए । यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भएका थिए ।
नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए । एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । कुनै कारणले प्रतियोगिता प्रभावित नभएमा आयोजक पाकिस्तानसहित भारत, श्रीलंका, बङ्लादेश, अफगानिस्तान र एसीसी प्रिमियर कपको उपाधि विजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्