प्रतिनिधिसभाका १० वटै विषयगत समितिको बैठक बस्दै

प्रतिनिधिसभाका १० वटै विषयगत समितिको बैठक बस्दै

काठमाडौं :  प्रतिनिधिसभाका विषयगत समितिहरू आजदेखि क्रियाशील हुने भएका छन्।

 

सबै १० वटै विषयगत समितिको बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। सभापति चयन भइनसकेकाले आजको बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्नेछन्।

यस्तै समितिको पहिलो बैठक भएकाले आज सामान्यतया स्वागत, परिचय र समितिमा आगामी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको प्रवक्ता गिरीले बताए। पहिलो बैठक बसेपछि समितिहरूले आन्तरिक समझदारी  अनुसार  सभापति  चयनलगायतका प्रक्रिया अघि बढाउने छन्।

शीर्ष नेताबीच सहमित भए अनुसार सार्वजनिक लेखासहित थप एक समितिको नेतृत्व प्रमुख विपक्षी दल एमालेले पाउनेछ। संयुक्त समितिमा कांग्रेस र एमालेले एक–एक वटामा नेतृत्व गर्नेछन्। संसदीय सुनुवाइ कांग्रेस र राज्यका नीति  निर्देशक  सिद्धान्त  समिति  एमालेले  नेतृत्व  गर्ने सहमति छ। अन्य आठ विषयगत समितिमा वर्तमान सत्ता गठबन्धनले नेतृत्व गर्ने छ।

तर सभापति भागबन्डा औपचारिक रूपमा टुङ्गो लागेको छैन। विषयगत समिति गठनमा ढिलाइ हुँदा विधायिकी कार्य ठप्प छ। समितिका बैठक बस्न थालेसँगै विधेयकहरूमाथिको दफावार छलफलको प्रक्रिया अघि बढ्ने छ।
अहिले राज्य  व्यवस्था  तथा  सुशासन  समितिमा  अख्तियार र भ्रष्टाचार निवारणसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक विचाराधीन छन्। यस्तै कानुन, न्याय  तथा  मानव  अधिकार  समितिमा  पनि  केही  नेपाल ऐन संशोधन विधेयक विचाराधीन रहेको छ।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij