नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धानमा देउवाले सघाइरहनुभएकाे छ : प्रवक्ता महत

नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धानमा देउवाले सघाइरहनुभएकाे छ : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्षरूपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।

मङ्गलवार सञ्चारकर्मीसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली कांग्रेसले सहयोग गर्ने बताउनुभएको हो । उहाँले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताउनुभयो । उहाँले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उहाँको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरण अगाडि बढाउन पार्टीको पूरा सहयोग हुन्छ । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्‍याे । निर्दोष पनि दोषी हुने अवस्था आउनुभएन र दोषी निर्दोष हुने अवस्था पनि आउनुभएन ।’

प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाणको ‘केस’ फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणा राख्नुभयो । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताउनुभयो ।

प्रवक्ता महतले पार्टीकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । राणा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ‘ट्रायल’ गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।

महतले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै नक्कली भुटानी शरणार्थी प्रकरणकाे निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि पार्टी सभापति शेरबहादुर देउवाले सघाइरहनुभएको बताउनुभयो । घटनामा संलग्नहरू दोषी प्रमाणित भएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij