काठमाण्डाै – पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार एक सय ६७ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २३ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये नाै जना आइसाेलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै २४ घण्टामा २२ हजार छ सय ७० जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्