नागरिकता विधेयक १ महिनाभित्र टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक १ महिनाभित्र टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गाे लाग्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताउनुभएको हो । उहाँले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर ‘होल्ड’ भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उहाँले त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकबारे विभिन्न सम्भावना देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रस्तावमार्फत । या अरू कुनै प्रस्तावमार्फत राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुन सक्छ । या अर्को मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुन सक्छ । त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउनेबारेमा पनि मतहरू छन् । प्रधानमन्त्रीको हैसियतले मेरो के कोसिस छ भने एक महिनाभित्रै यसको टुङ्गो लाग्छ ।’

प्रधानमन्त्रीले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij