काठमाण्डाै – सरकारले अनुदान नदिएकाे भन्दै कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि काठमाण्डाैमा धर्नामा बसेका छन् ।
२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि काठमाण्डाैको माइतीघर मण्डलामा आएर धर्नामा बस्नु परेको कपिलवस्तु उखु किसान सङ्घर्षसमितिका सदस्य रामलाल कलवारले बताउनु भयाे ।
२०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर अनुदान रकम अहिलेसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा आफूहरु काठमाण्डाै आएकाे उनीहरुले बताएका छन् ।
अनुदानको रकमका लागि जिल्ला प्रशासन कार्यालयमा दबाब दिए पनि सुनुवाइ नभएपछि काठमाण्डाैमा आएर धर्नामा बस्नु परेको सङ्घर्ष समितिका सदस्य रामलाल कलवारले बताउनुभयो । उहाँले आफूहरुलाई अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिनु भयो ।
उनीहरुले अन्य जिल्लालाई दिइएको अनुदानबापतको रकम आफूहरुलाई नदिएको भन्दै धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । सरकारले भने कुनै सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्