बुटवल
नेपाली कांग्रेसको प्रवक्तामा मीनबहादुर विश्वकर्मा मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रवक्तामा मनोनीत गरेका हुन्।
नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ (९) र धारा ३७ (१० ग ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य मीनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ विज्ञप्तिमा भनिएको छ।
डा प्रकाशशरण महत अर्थमन्त्री बनेपछि प्रवक्ताको पद खाली थियो। महत मन्त्री भएपछि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वकर्माले पाएका हुन्।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्