तिलोत्तमा- तिलोत्तमा नगरपालिकाको आयोजनामा जनप्रतिनिधि, युवा, युवाक्लब , बाल सन्जाल विभिन्न सघसस्थाको प्रतिनिधिमुलक सहभागितामा एक दिने युवा मैत्री स्थानीय शासन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख नारायण अर्यालले युवालागि विशेष योजनाका साथ अघि बढिरहेको अबको नीति तथा कार्यक्रम युवालाई प्राथमिकता राख्ने जानकारी दिदै, हाल नगरपालिका विभिन्न युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र अबका दिनमा युवाको ज्ञान, सीप, क्षामताको विकास प्राथमिकता दिने बताउनु भएको थियो साथै युवाहरुले यसका लागि अघि बढ्न र पहल गर्नका लागि विषेश जोड दिनुभएको थियो । त्यस्तै राष्ट्रिय युवा परिषद् , नेपालका लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द केसि ले नगरपालिकाको यस अभियान साथ सहयोग रहने बताउनु भएको थियो । स्थानिय शासन भनेको के हो, किन आवश्यकता छ भनेर राष्ट्रिय युवा परिषद्, नेपालका कार्यकारी सदस्य तिलोत्तम पौडेल र युएनडिपी को युवाकार्यक्रम अधिकृत विनिता कार्किले प्रशिक्षण दिएका थिए । कार्यपालिका सदस्य एवम समाजिक विकास समिती सयोजक रवि सेन्चुरीले अबका दिनमा नगरपालिका युवाको आसा र भरोसाको केन्द्र बन्नको लागि युवा मैत्री स्थानिय शासन आवश्यकता रहेको साथै ७ सय ५३ पालिका माध्ये तिलोत्तमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेको र यसका लागि सबैको साथ र सहयोग रहनु पर्ने भन्ने कार्यक्रम बारेमा उल्लेख गर्दै स्वागत कार्यक्रम शिक्षा शाखा प्रमुख उपसचिप गगाराम आचार्यको अध्यक्षता र सारदा भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्