धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ

धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ

काठमाडौं – सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रकाउ परेका छन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा  आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले पक्रेको हो ।

शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्नु पर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

मानव अधिकार तथा शान्ति समाजका अनुसार समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको  हो ।

गिरफ्तार अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुक्ष्म अध्ययन/अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शिर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना प्रदर्शन गरिसकेको समाजले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij