नेपालमा धर्मको संख्या १०, जनजाति १४२ र मातृभाषा १२४

नेपालमा धर्मको संख्या १०, जनजाति १४२ र मातृभाषा १२४

काठमाण्डाै – नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याँकअनुसार जनजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयका अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो । २०६८ को जनगणनामा जातजाति १ सय २५ रहेकामा अहिले १७ थप भएको छ ।

कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार १ सय २३ वटा मातृभाषा थिए । अहिले ‘अन्य भाषा’ समेत जाेडेर मातृभाषाकाे सङ्ख्या एक सय २४ कायम गरेकाे छ । १२ वटा विदेशी भाषा बोल्ने एकदमै न्यून व्यक्तिहरुको संख्या र अहिले नयाँ थप भएका १३ वटा समेतलाई जाेडेर ‘अन्य भाषा’मा राखिएकाे हाे ।

यस्तै नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसले हिन्दु धर्म मान्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१ दशमलव १९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८ दशमलव २१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५ दशमलव ०९ प्रतिशतले इस्लाम, ३ दशमलव १७ प्रतिशतले किराँत र १ दशमलव ७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij